काठमाडौं, पुस ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न सुझाव दिनुभएको छ । आइतबार नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा देउवाले एमसीसीको विरोध गर्नेहरुलाई एमसीसी पढ्न आग्रह गर्दै यसबारे प्रश्नसमेत गर्नुभयो ।
‘एउटा कुरा मैले यहाँ बोल्नै पर्ने भयो यहाँ, एमसीसी राष्ट्रघाती भनेको हुनाले । म अरु कुरालाई आएको थिएँ, यहाँ एमसीसी राष्ट्रघाती भन्दियो’, प्रधानमन्त्री देउवाले भन्नुभयो। आफूअरु नै कुरा भन्न उपस्थित भएको भएपनि एमसीसीको कुरा आएकाले बोल्नै पर्ने बाध्यता भएको बताउनुभयो । ‘राष्ट्रघाती भन्नेले त्यो पनि पढेको छ कि छैन त्यो पनि थाहा छैन मलाई त । पहिला पढ्नुपर्यो एमसीसी कहाँ छ राष्ट्रघाती ? मैले हेर्दा कहि राष्ट्रघात देखेको छैन’, प्रधानमन्त्री देउवाको भनाइ छ ।
उनले आफू पनि नेपालको प्रधानमन्त्री भएको भन्दै प्रश्न गरे ‘म राष्ट्रको खिलाफमा जाउँला ? म पनि राष्ट्रका लागि लडेको मान्छे । त्यसकारण तपाईंहरु पढ्नुस्, अध्ययन गर्नुस् ।’ प्रधानमन्त्री देउवाले एमसीसीको रकम सित्तैमा आएको समेत बताउनुभयो । उहाँले एमसीसीबारे माओवादी अध्यक्ष प्रचण्डसँग कुरा भइरहेको भन्दै भने, ‘हाम्रो बिचमा छलफल हुँदैछ, प्रचण्डजीसँग पनि । यो सित्तै आएको पैसा हो, सित्त्तैमा आएको पैसा कसैले चाहिन्न भन्छ ?, उहाँले विश्व बैंक एडीबाट ऋण लिँदा अन्तर्राष्ट्रिय कानुन लागु हुने भन्दै एमसीसीले नेपालको कानुन मान्छु भन्दा पनि नमानेको भन्दै आक्रोश व्यक्त गर्नुभयो। उहाँले एमसीसीबारे राम्रोसँग बुझ्न आग्रह समेत गर्नुभयो। देउवा अघि बोल्दै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले एमसीसीलाई राष्ट्रघातीको संज्ञा दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्