काठमाडौं, पुस १३ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बन्दसत्रमा प्रस्तुत गरेको प्रतिवेदन कार्यकर्ता झुक्काउने प्रतिवेदन भएको टिप्पणी गर्नुभएको छ । पूर्वमाओवादी नेतासमेत रहेका नेता भट्टराईले प्रचण्डको दस्तावेजबाट अवोध कार्यकर्ता केही वर्ष अरु झुक्किने बताउनुभयो । ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनलाई पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको भन्दै उनले यसबाट फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्ने उहाँले बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्