जनता टाइम्स

१६ पुष २०७८, शुक्रबार ११:३३

त्रिभुवन विमानस्थलबाट ४ वटा जहाज डाइभर्ट, आकाशमा घुमेको घुम्यै


काठमाडौं, १६ पुस । बाक्लो हुस्सु र कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन्। विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी अत्यन्त कम भएकाले जहाज अवतरण र उडान प्रभावित भएको हो । केहि जहाज डाइभर्ट गरिएको र केहि जहाज अझै आकाश मै घुमिरहेका छन् ।

जस अनुसार कुवेतबाट आएका जजिराको २ वटा जहाज बंगलादेशको ढाका डाइभर्ट गरिएको छ भने दुवईबाट आएको फ्लाई दुवैको जहाज भारतको कोलकाता डाइभर्ट गरिएको छ । त्यस्तै साउदी अरेबियाबाट आएको हिमालयन एयरलाइन्सको जहाज पनि ढाका डाइभर्ट गरिएको छ ।

दोहाबाट आएको नेपाल एयरलाईन्सको जहाज, दोहाबाट नै आएको कतार एयरलाइन्सको जहाज, र दुवईबाट आएको हिमालयन एयरलाईन्सको जहाजहरु आकाशमा नै घुमिरहेका छन् । भिजिबिलिटी बढेपछि जहाजहरु नियमित अवतरण र उडान हुने विमानस्थलले जनाएको छ ।