जनता टाइम्स

१७ पुष २०७८, शनिबार ०९:५५

वैष्णोदेवी मन्दिरमा भागदौड १२ जनाको मृत्यु, २० घाइते


काठमाडौँ, पुस १७। भारतको जम्मूकश्मीरको वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ । त्यस्तै घटनामा २० भन्दा बढी घाइते भएको बताइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार त्रिकुटा पहाडमा रहेको मन्दिरको गर्भगृहमा अत्यधिक भीडका कारण भागदौड मच्चिएको थियो ।शनिबार बिहान पौने तीन बजेतिर एउटा विवादका कारण एक–अर्कामा धक्कामुक्का भएपछि भागदौड मच्चिएको जम्मू कश्मीरका डीजीपी दिलबाग सिंहले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरूमा दिल्ली, हरियाणा, पन्जाब र जम्मू–कश्मीरका मानिस रहेको अधिकारीले जानकारी दिएका छन् ।जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाले घटनाप्रति दु ख व्यक्त गर्दै छानबिनका लागि समिति गठन गरिएको बबताउनुभयो । त्यस्तै उनले मृतकका परिवारलाई सहयोगस्वरूप १० १० लाख र घाइतेलाई उपचारका लागि २ लाख उपलब्ध गराइने बताउनुभयो ।