काठमाडौँ, १९ पुस। नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड पुनः निर्वाचित हुनुभएको छ। नव निर्वाचित केन्द्रीय समितिबाट प्रचण्ड आगामी ५ वर्षको लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
केन्द्रीय समिति हलमा प्रचण्डको नाम नारायणकाजी श्रेष्ठले प्रस्ताव गर्नुभएको थियो भने कृष्णवहादुर महराले समर्थन जनाउनुभएको थियो । अरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।
२०४४ सालको चर्चित सेक्टर काण्डमा मोहन वैद्यलाई राजिनामा गराएर पार्टी महासचिव भएदेखि प्रचण्डले नेतृत्व छाड्नु परेको छैन । विगत करीव ३५ वर्षदेखि निरन्तर पार्टी प्रमुख रहदै आएका प्रचण्ड अब ४० औं वर्षको लागि नेतृत्वमा चुनिएका हुन् ।













प्रतिक्रिया दिनुहोस्