जनता टाइम्स

२१ पुष २०७८, बुधबार ०९:२६

नारायणहिटी दरबारमा रेस्टुरेन्ट बनाउने निर्णयमा मेरो सलंग्नता छैन : पूर्वपर्यटनमन्त्री योगेश भट्टराई


काठमाडौँ, २१ पुस । पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले नारायणहिटी दरबार क्षेत्रभित्र रेस्टुरेन्ट बनाउने विषयमा आफ्नो सलंग्नता नरहेको बताउनुभएको छ ।

नारायणहिटीमा रेस्टुरेन्ट बनाउन सरकारले निजी कम्पनीलाई जिम्मा दिएको समाचार आएपछि पूर्वमन्त्री भट्टराईले आफ्नो सलंग्नता नरहेको स्पष्ट पार्नुभएको हो।आफूले यसबारेमा कुनै लिखित निर्देशन नदिएको र दिएको भए प्रमाण सार्वजनिक गर्न पनि उहाँले चुनौति दिनुभएको छ ।

आफु मन्त्री हुनुभन्दा पहिले नै त्यहाँ कफी हाउस बनिसकेको भन्दै पहिलेकै मन्त्रीले सो निर्णय गरेको हुन सक्ने उहाँको भनाइ छ ।