जनता टाइम्स

२३ पुष २०७८, शुक्रबार १६:१४

एमाले तेह्रथुमको ११औँ जिल्ला अधिवेशन सुरू


तेह्रथुम, २३ पुस । नेकपा एमाले तेह्रथुमको ११औँ अधिवेशनमा सुरु भएको छ । जिल्ला सदरमुकाम म्याङलुङ शुक्रबार दिउँसो सुरु भएको अधिवेशनबाट ८५ जना भुगोलतर्फ र पाँत जना पदाधिकारीहरु निर्वाचित हुनेछन ।

अधिवेशनका लागी ६ वटै पालिकाहरूबाट ५५० जना प्रतिनिधी छनौट भएका छन् । नयाँ नेतृत्वका लागि अध्यक्षमा लछुमन तिवारी र तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गर्नुभएको छ ।