जनता टाइम्स

२५ पुष २०७८, आईतवार १४:४६

२६ जिल्लामा एमालेको नेतृत्व चयन सकियो, अन्यमा निर्वाचन र सर्वसम्मतीको प्रयास हुँदै (सूचीसहित)


काठमाडौं, पुस २५ । शुक्रबार एकैपटक उद्घाटन भएका एमालेका ६३ जिल्ला कमिटीका अधिवेशनमध्ये आइतबार मध्यान्ह १ बजेसम्म २६ वटा जिल्लामा अध्यक्ष चयन भएका छन् भने केहीमा पदाधिकारी र सदस्यको मात्र निर्वाचन हुँदैछ ।

२६ जिल्लाका अध्यक्ष चयन हुँदा दुई जिल्ला अध्यक्ष मतदानबाट निर्वाचित भएका छन् भने २४ जना सर्वसम्मत भएका छन् ।

कपिलवस्तु र पश्चिम नवलपरासीमा चुनावी प्रतिस्पर्धाबाट अध्यक्ष निर्वाचित भएका छन् । अध्यक्ष सर्वसम्मत भएका ठाउँमा पनि अधिकांश अन्य पदमा मतदान हुँदैछ । एमालेले प्यानल बनाएर चुनाव लड्न निषेध गरे पनि कतिपय जिल्लामा प्यानलगत प्रतिस्पर्धा हुँदैछ ।

रामेछाप, जुम्ला र भोजपुरमा सहमतिनजिक रहे पनि औपचारिक घोषणा हुन बाँकी छ । रामेछापमा आनन्द श्रेष्ठ, भोजपुरमा शरण राई र जुम्लामा शान्त महतको नाममा लगभग सहमति जुटेको नेताहरूले बताएका छन् ।

हालसम्म चयन भएका अध्यक्षको सूची

अध्यक्ष चयन भएका जिल्लाहरु (प्रदेशगत)
प्रदेश १

१ः झापा– दीपक कार्की

२ः मोरङ– ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

प्रदेश २
१. सप्तरी– ताराकान्त चौधरी

वागमती
१ः धादिङ–भूमी त्रिपाठी

२ः काभ्रेपलाञ्चोक–अशोक ब्यान्जु

३ः भक्तपुर– बचन देउजा

४. रसुवा – कर्णेल तामाङ

५. नुवाकोट – बद्री मैनाली

६. मकवानपुर( एकालाल श्रेष्ठ

ण्डकी
१ः गोरखा – प्रेम गुरुङ

२. तनहु – श्रीप्रसाद श्रेष्ठ

लुम्बिनी
१ः पाल्पा – धनेन्द्रराज घिमिरे

२ः गुल्मी – बालकृष्ण काउछा मगर

३ः अर्घाखाची – पिताम्बर भुसाल

४ः बाँके – किस्मत कुमार कक्षपती

५ः बर्दिया – लालबहादुर श्रेष्ठ

६ः दाङ – हुकुमबहादुर बस्नेत

७. रुपन्देही – तेजेन्द्र केसी

८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)

९. नवलपरासी (पश्चिम)( – दीपेन्द्र अधिकारी (निर्वाचित)

कर्णाली
१ः डोल्पा – शेरबहादुर बुढा

२ः सल्यान – गोविन्द पुन मगर

गैरभौगोलिक जिल्ला

१ः मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२स् पेशागत विशेष – उमेश ढकाल