कैलाली, पुस २७ । नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी हुनुभएको छ । अध्यक्षका प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै थापा आठौं अधिवेशनबाट जिल्ला अध्यक्षमा विजयी हुनुभएको हो ।
थापाले २८७ मत पाउँदा चन्दले २८३ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जोशी विजयी हुनुभएको छ ।
जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाउनुभयो । सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी हुनुभएको छ । उहाका प्रतिद्वन्दी दानबहादुर विकले २६० मत पाउनुभयो । यस्तै उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी हुनुभएको छ । चौधरीले २९० मत ल्याउँदा शाहीले १९६ मत पाउनुभयो । ६०९ प्रतिनिधि मध्ये हिजो भएको मतदानमा ५८९ मत खसेको थियो ।













प्रतिक्रिया दिनुहोस्