काठमाडौं, १३ माघ । धरानमा थप दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान नगरपालिका–११ का ४५ वर्षीय पुरूष र धरान नगरपालिका–१५का ७२ वर्षीय पुरूष रहेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषको बुधबार राती ८ः४० बजे र ७२ वर्षीय पुरूषको आज बिहान ७ः४० बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषलाई माघ ६ गते र ७२ वर्षीय पुरूषलाई माघ ९ गते कोरोना पुष्टि भएको थियो । मृतकमा दुवै जनामा दीर्घरोगी तथा लिभरसम्बन्धी समस्या थियो ।













प्रतिक्रिया दिनुहोस्