जनता टाइम्स

१३ माघ २०७८, बिहीबार १६:३४

काङ्ग्रेस जुट्यो आन्तरिक छ्लफलमा, गठबन्धन भङ्ग हुने देउवाको संकेत


काठमाडौं, १३ माघ । स्थानीय निर्वाचनबारे धारणा बनाउन नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ । बैठक शुक्रबार भर्चुअल माध्यमबाट बस्नेछ । कांग्रेस महामन्त्री गगन थापाले कोभिड संक्रमणको जोखिमका कारण भर्चुअल बैठक बोलाइएको जानकारी दिनुभयो ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले आजै निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै हुनुहुन्छ । बैशाखमै चुनाव गराउन पार्टीभित्र नै चर्को दवाव झेलीरहेका देउवाले पाँच दलीय गठबन्धन भङ्ग गर्दै मुलुकलाई चुनावमा लैजाने पनि संभावना रहेको बताइएको छ ।