जनता टाइम्स

१३ माघ २०७८, बिहीबार २१:४८

रामेछापमा सरकारविरुद्ध राँके जुलुस


रामेछाप, माघ १३ । नेपाल एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन रामेछापले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

महँगी नियन्त्रणलगायतका मागसहित ती संगठनहरुले बिहीबार साँझ मन्थलीमा राँके जुलुस निकालेका हुन् ।जुलुस बजार परिक्रमा गरी स्थानीय देवकोटा चोकमा कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीले गठबन्धन सरकारको राजीनामा र मन्त्री रेणुकुमारी यादवको बर्खास्तीको माग समेत गरेका थिए ।