जनता टाइम्स

१४ माघ २०७८, शुक्रबार २१:०५

युवा संघले मूल्य वृद्धिको विरोध गर्दै बुटवलमा निकाल्यो राँके जुलुस


काठमाडौं, १४ माघ । नेकपा एमालेको जनवर्गिय संगठन युवा संघ नेपालले मूल्यवृद्धिको विरोध गर्दै बुटवलमा आज साँझ राँके जुलुस निकालेको छ । पूर्व–पश्चिम राजमार्गको बसपार्कबाट जुलुस निस्केको थियो । जुलुस मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै उनीहरुले प्रदेशदेखि संघसम्मको सरकारले युवा र सर्वसाधारण नागरिकको हितमा काम गर्न नसकेको बताए ।

राँके जुलुसमा ‘पेट्रोलियम पदार्थलगायत खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर, सुशासन कायम गर, भ्रष्टाचार अन्त्य गर’ लगायतका नारा लगाउँदै युवाहरुले जुलुस निकालेका थिए । कोणसभालाई युवा संघ रुपन्देही इन्चार्ज केशव रोका, अध्यक्ष मनोज गौचन, सहइन्चार्ज विकास बस्नेत र सचिव कृष्णबहादुर कुमाललगायतले सम्बोधन गर्नुभएको थियो ।