काठमाडौं, माघ १५ । नेकपा (एमाले) को जनसंगठन समन्वय संयन्त्रको बैठक आज दिउँसो बस्ने भएको छ। भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा कोभिड रोकथामको सतर्कता अपनाएर दिउँसो ३ बजे बैठक बस्ने एमाले केन्द्रीय सदस्य तथा प्रचार बिभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
चितवनमा सम्पन्न एमालेले १०औँ महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण भएको थियो । बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुने छन् । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकाल नेतृत्वको संयन्त्रको बैठकमा सबै जनसंगठनका राष्ट्रिय अधिवेशनरसम्मेलन आयोजनाका विषयमा छलफल हुनेछ ।
यसअघिको बैठकले फागुन मसान्तभित्र अधिवेशन/सम्मेलनका लागि आआफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय गरेको थियो । बैठकले जनसंगठनको केन्द्रीय कमिटी र पदाधिकारीको आकारबारे समेत निर्णय लिने बताइएको छ । यसअघिको बैठककले जनसंगठनको केन्द्रीय कमिटीसहितको बिषयमा प्रतिवेदन तयार गर्न कार्यदल गठन गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्