जनता टाइम्स

१५ माघ २०७८, शनिबार १६:०७

जनमोर्चाका ६० जना नेता कार्यकतालाई पार्टी प्रवेश गराउदै नेता रायमाझीले भन्नुभयो– गठबन्धन हारको पराकाष्ठा हो


अर्घाखाँची, माघ १५ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले विपक्षीदलका विरुद्ध गठबन्धन गरी सत्ताधारीहरूले हार स्वीकार गरेको बताउनुभयो ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ धारापानीमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले देश एमालेले मात्रै बनाउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो गठबन्धनले समेत देशभर एमालेको जित सुनिश्चित गरेको छ ।

‘देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ, हामी सहयोगीको भूमिकामा रहन्छौँ ।’ रायमाझीले भने, देश एमालेले नै रुपान्तरण गर्छ ।’ रायमाझीले स्थानीय युवा व्यवसायी माधव बन्जाडेसहित नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका करिब पाँच दर्जन नेता कार्यकतालाई पार्टी प्रवेश गराउनु भएको छ ।