उदयपुर, माघ १८ । बाक्लो हुस्सु र चिसो हावाका कारण अत्यधिक चिसो बढेपछि उदयपुरको त्रियुगा नगरपालिका( १ ले ९० दलित, विपन्न तथा एकल महिलालाई सिरक वितरण गरेको छ ।
त्रियुगा नगरपालिका १ जोगिदहले जेष्ठ नागरिक ५६ जना, एकल महिला र दलित ३४ गरी ९० जनालाई एकरएक थान सिरक, दसना, तन्ना, तकिया र सुपानेट झुल वितरण गरेको हो । वडाध्यक्ष मनोजकुमार चौधरीले बाक्लो हुस्सु र चिसो हावाका कारण जनजीवन कष्टकर बनेपछि सहयोग गरिएको बताउनु भयो ।
उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ ।













प्रतिक्रिया दिनुहोस्