जनता टाइम्स

२१ माघ २०७८, शुक्रबार १४:०४

प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त


काठमाडौं, २१ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त हुनुभएको छ । उहाँ यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आउनुभएको थियो ।

प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गर्नुभएको हो । गत २९ असारमा देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्नुभएको थियो ।