जनता टाइम्स

२१ माघ २०७८, शुक्रबार १५:५८

नेपालमा थप दुई हजार ५२६ मा कोरोना संक्रमण, १६ को मृत्यु


काठमाडौं, २१ माघ । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

६ हजार ६५५ पीसीआर परीक्षण गर्दा एक हजार ६०२ जनामा र चार हजार ४१८ एन्टिजेन परीक्षण गर्दा ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जनामा कोरोना संक्रमणमुक्त हुँदा १६ जना संक्रमितको मृत्यु भएको छ ।