काठमाडौँ, २३ माघ । नेकपा एकीकृत सामाजवादीका केन्द्रीय सदस्य सरोजकुमार यादव नेकपा एमालेमै फर्किनु भएको छ । माधवकुमार नेपाल नेतृत्वको समाजवादीमा जानु भएका उहाँ केन्द्रीय सदस्य त्यागेर एमालेमै फर्किनु भएको हो ।
नेकपा एमालेका नेता किशोरविक्रम मल्लका अनुसार यादवले एमालेमै फर्किएको जानकारी दिनुभयो । उहाँलाई एमाले महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्नुभएको छ ।
मल्लले महासचिव पोखरेल र यादवसँगै रहेको तस्वीर सार्वजनिक गर्दै यो कुराको जानकारी दिनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्