काठमाडौं, २३ माघ । कानुनमन्त्री दिलेन्द्र प्रसाद बडूले संसद बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गर्नुभएको छ । बानेश्वस्थित संसद सचिवालयमा भेट गर्दै कानुनमन्त्री सापकोटाले एमसीसीको विषय संसदमा टेबुल गर्नूपर्ने बताउनुभएको हो ।
यसका सथै उनीहरूबीच संसद सुचारु गर्ने विषयमा समेत छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो । आगामी माघ २६ गते बस्ने बैठकमा एमसीसी टेबुल गर्न कानुनमन्त्री बडूले सभामुख सापकोटासँग प्रस्ताव गर्नुभएको थियो ।
तर, सभामुखले यतिबेला उक्त विषयमा छलफलको वातावरण नभएको प्रतिक्रिया दिएको बताइएको छ । एमसीसी मुख्यालयले नेपाल सरकारलाई फेब्रुअरी २८ भित्र एमसीसी पास गर्न समयसीमा दिएको छ । उक्त समयावधिसँगै नेताहरूले यस विषयमा छलफल तथा परामर्श बढाएका छन् ।













प्रतिक्रिया दिनुहोस्