जनता टाइम्स

२३ माघ २०७८, आईतवार २१:०२

कुनै समय माधव नेपालको डरले आफ्नै कुर्सी खाली राख्ने देउवाले आज समाजवादीलाई अबैध ठहर गरे


काठमाडौँ, माघ २३ । नेकपा (एमाले)ले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई मान्यता दिएको छैन । त्यतिमात्र होइन, एकीकृत समाजवादीको संसदमा उपस्थिति नै अवैद्य भन्दै आएको छ ।

एमालेले एकीकृत समाजवादीलाई बोलाएको कुनै पनि कार्यक्रममा आफ्नो औपचारिक उपस्थिति स्वीकार गरेको छैन । संसद यही कारणले निरन्तर अवरोधमा छ । शीर्ष बैठक, प्रमुख दलहरुको बैठकमा पनि एमाले गएको छैन । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले नै आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिना बैठक बोलाउनुभयो । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउँदा आफूलाई सरकार निर्माणको किङमेकर मान्ने माधव नेपाललाई बालुवाटारको गेट बन्द गरियो । कुनै समय बिरोधका डरले देउवाले माधव नेपालका लागि आफ्नो कुर्सी खाली राख्नुभएको थियो ।

तर तीनै देउवाले अब समाजवादीलाई अबैध ठहर गर्नुभएको छ । उहाँले आइतबार माधव नेपाललाई ओलीको जस्तै व्यवहार गर्नुभयो । अर्थात उहाँलाई दलको प्रतिनिधि मानेन र बैठकमा पनि बोलाउनुभएन । एमालेमा रहँदा सधैँ कुर्सीका लागि लफडा गर्ने माधव नेपालले फेरि त्यसै गर्ने डरले सत्तारूढ दलको पहिलो बैठकमा प्रधानमन्त्रीको कुर्सी छाडेर नेपालका सम्मुखमा सोफामा बस्नुभएको थियो ।

तर उहाँले माधव नेपालले एमाले फुटाउँदा राम्रो धक्का दिन नसकेको भन्दै असन्तुष्टि जनाउँदै आउनुभएको छ । माधव नेपाललाई फ्लोर क्रसदेखि पार्टी विभाजनसम्म लैजाँदा देउवा र दाहालले दिएको स्टाटसमा क्रमशः कमीमात्र होइन, शून्य बराबर छ । देउवाले सरकारी नियुक्ति, राष्ट्रिय राजनीतिका मुल मुद्दामा छलफल हुँदा नेपाललाई बोलाउन छाडेको समाजवादी पार्टीकै शीर्ष नेता बताउँछन् । देउवाले निर्वाचनबारे छलफल र एमसीसीका मुद्दामा रणनीति बनाउन दुई शीर्ष नेतालाई बोलाउँदा माधव नेपाललाई छुटाउनु सामान्य भएको बालुवाटार स्रोतको भनाइ छ ।

‘उपेन्द्र यादवलाई पनि बोलाइएको छैन, जब कि उपेन्द्र यादवको पार्टी माधव नेपालको भन्दा ठूलो छ,’ बालुवाटार निकट नेता भन्छन् ।एमाले स्थायी कमिटीका एक सदस्य भने देउवाले प्रचण्ड र माधव नेपालसँग भन्दा राष्ट्रिय राजनीतिका मुद्दामा एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने गर्नुभएको छ । उहाँ केही महिनाअघि अध्यक्ष ओली निवास बालकोट नै गएका थिए ।