जनता टाइम्स

२६ माघ २०७८, बुधबार १६:१४

स्थानीय तह निर्वाचनको मितिविरुद्ध सर्वोच्चमा रिट दायर


काठमाडौं, २६ माघ । स्थानीय तह निर्वाचनको मितिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजीवकुमार साहले पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो । यद्यपि रिट भने दर्ता भइसकेको छैन ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्राप्त भएको रिट निवेदनमाथि अध्ययन भइरहेको बताउनुभएको छ । उहाँले अध्ययन भइरहेकाले उक्त निवेदन दर्ता गर्ने कि नगर्ने प्रक्रियामै रहेको जानकारी दिनुभयो । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ ।