जनता टाइम्स

२७ माघ २०७८, बिहीबार ०८:०४

आजको दिन विश्व इतिहासमा यस्ता घटना भएका थिए


काठमाडौं, माघ २७ । । आज १० फेब्रुबरी, २०२२ । इतिहासमा आजको दिन विभिन्न घटनाहरु विकसित भएका थिए । प्रस्तुत छ केही घटनाक्रमहरु

दुई स्याटलाईट ठोक्कियो

सन् २००९ मा २००९ मा अन्तरिक्षमा दुई ओटा स्याटलाईट ठोक्किएको थियो । अमेरिकी स्याटलाइट इरिडियम ३३ र रसियाली कोसमोस २२५१ ठोकिएका थिए । ठोकिएपछि दुबै स्याटलाईट ध्वस्त भएका थिए ।

अमेरिकी गुप्तचर रिहा

सोभियत युनियतले नियन्त्रणमा लिएका एक अमेरिकी गुप्तचरलाई सन् १९६२ को १० फेब्रुअरीमा रिहा गरेको थियो । अमेरिकी गुप्तचर फ्रान्सिस गेरी पावरलाई सोभियत युनियनले रिहा गरेको हो ।

८२ जनाको मृत्यु

सन् १९६४ मा अस्ट्रेलियामा एउटा एयरक्राफ्ट क्यारियर डेस्ट्रोयरसँग ठोकिदा ८२ जनाको मृत्यु भएको थियो ।