जनता टाइम्स

१ फाल्गुन २०७८, आईतवार १७:३८

कोरोनाबाट आज १० जनाले गुमाए ज्यान, थपिए ५२१ संक्रमित


काठमाडौं, १ फागुन । नेपालमा आज ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको स्वाब परीक्षण गर्दा ५२१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ८९२ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ९३५ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको कूल संख्या ९ लाख ३८ हजार ५८३ पुगेको छ। हाल देशभर २२ हजार ५८४ सक्रिय संक्रमित छन् ।