काठमाडौं, फागुन २ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले १ सय दिनमा गरेका कामहरुबारे प्रकाशन गरिएको पुस्तकमा चुच्चे नक्सा नराखेको भन्दै बिरोध भएको छ ।
नेपाल सरकारले प्रकाशन गरेको तस्बिरमा सरकारका १०० दिन नामक पुस्तकमा चुच्ने नक्सा नराखिएको भन्दै बिरोध भएको हो । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदले सर्वसम्मतरुपमा पास गरेको नेपालको चुच्ने नक्सा कता गयो भन्दै प्रधानमन्त्रीसमक्ष प्रश्न गर्नुभएको छ ।

‘नेपाल सरकार प्रकाशक रहेको तस्बिरमा सरकारका १०० दिन पुस्तकमा नेपालको संसदले सर्वसम्मत रुपले पास गरेको नेपालको चुच्चे नक्सा कता गयो प्रम देउवाज्यु ? भट्टराईले भन्नुभएको छ, ‘कि तपाईंलाई संसदको निर्णय मान्य छैन ? होइन भने यो हदको लापरवाही गर्नेलाई कार्वाही भएको र प्रम देउवाले सार्वजनिक रुपमा माफी मागेको खबर सुन्न नेपाली जनता आतुर छन् ।’













प्रतिक्रिया दिनुहोस्