जनता टाइम्स

२ फाल्गुन २०७८, सोमबार ०७:०७

एमाले संसदीय दलको बैठक बस्दै, यस्तो छ तयारी


काठमाडौं, फागुन २ । प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक आज सोमबार बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । महाभियोग दर्ता भएसँगै आइतबार बसेको एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरिसकेको छ ।

एमालेमाथि असार २८ गते परमादेश जारी गर्ने चार न्यायाधीशबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न चर्काे दवाव परिरहेको बेला आज बैठक बोलाइएको हो ।