काठमाडौं, फागुन २ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराबिरुद्धको महाअभियोग प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसलाई महंगो सावित हुने ठोकुवा एमाले नेता बिष्णु रिजालले गर्नुभएको छ ।
कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले आइतवार महाअभियोग दर्ता गरेको बिषयमा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका उपप्रमुख रिजालले यस्तो बताउनु भएको हो ।
‘प्रधानन्यायाधीशका विरुद्धको पारित नहुने महाभियोग प्रस्ताव अन्ततः सत्ता गठबन्धनलाई नै निल्नु न ओकल्नुबाहेक केही पनि हुन्न । जसरी २०७४ मा चुनावको मुखमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग शेरबहादुर देउवा र उहॉको पार्टीलाई महंगो सावित भएको थियो, ढुक्क भए हुन्छ-यस पटक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोगले पनि त्यसैगरी ‘ब्याक फायर’ गर्नेछ,’ रिजालले भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्