जनता टाइम्स

३ फाल्गुन २०७८, मंगलवार १९:०९

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा


काठमाडौं, ३ फागुन । गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ ।

‘गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ,’ मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ ।