सिन्धुपाल्चोक, फागुन ४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतमा महाअभियोग लगाउनुपर्ने धेरै व्यक्तिहरू रहेको बताउनु भएको छ । धेरैलाई महाअभियोग लगाउनु पर्ने भए पनि महाअभियोगको कुनै पनि प्रस्ताव पारित नहुने घोषणा पनि महासचिव पोखरेलले गर्नुभएको छ ।
नेकपा एमाले सिन्धुपाल्चोकले आयोजना गरेको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘महाअभियोगको प्रस्ताव जोसुकैले ल्याए पनि पास हुन्न, अदालतमा महाअभियोग लगाउनुपर्ने प्रकृतिका धेरै छन ।’ पोखरेलले पछिल्लो समयमा कुनै पनि काम गतिलो नभएको बताउनु भयो ।
‘अहिले संसदभित्र जे समीकरण छ । महाअभियोग कसैको पनि पास हुँदैन, हामीले पेस गरे पनि पास हुँदैन, सत्तापक्षले पेस गरे पनि पास हुनेवाला छैन, यो न्यायाधीश तर्साउनलाई मात्रै हो,’ पोखरेलले भन्नुभयो । पाँच दलीय सत्ता गठबन्धनले न्यायाधीश तर्साउन थालेकाले आवश्यक परे आफूहरूले पनि हतियार प्रयोग गर्न सक्ने पोखरेलले बताउनुभयो।
महासचिव पोखरेलले सत्तापक्षले प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर गलत गरेको भन्दै सच्याउन आग्रह समेत गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्