जनता टाइम्स

५ फाल्गुन २०७८, बिहीबार १०:४४

बालाजुमा बसको ठक्करबाट २ जना मृत्यु


काठमाडौ, फागुन ५ । बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।बालाजुको गंगा हल अगाडिको सडकमा आज बिहान ६ बजे बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ ।

अर्की अन्दाजी ५०/५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।उनीहरूलाई ठक्कर दिएर बससहित चालक फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।