काठमाडौं, फागुन ५ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) टेबल गर्ने घोषणा गर्नुभएको छ ।
आज साँझ बालुवाटारमा भएको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले अव समय नरहेको र प्रचण्ड र माधव नेपालले यसअघि नै समर्थन जनाइसकेको भन्दै एमसीसी सम्झौता जसरी पनि संसदमा पेश गर्ने बताउनु भएको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारमै बसेर सरकारबिरुद्ध जनता भडकाएको र दोहोरो चरित्र देखाएको आरोप पनि प्रधानमन्त्री देउवाले लगाउनु भयो । ‘तपाईंहरु जे सुकै गर्नुस्, सरकारले संसदमा एमसीसी पेश गर्छ,’ बैठकमा प्रधानमन्त्री देउवाको भनाइ उधृत एक नेताले भने ।
देउवाको भनाइमा जोड दिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी सम्झौता कम्तीमा संसदमा टेबल हुन दिन आग्रह गर्नुभएको थियो । थापाले गठबन्धन जोगाउन कम्तीमा एमसीसी टेबल गर्नैपर्ने बटमलाइन समेत सुनाउनु भएको छ । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी दलका नेताहरुले भने एमसीसी संसदमा टेबल हुन नहुने अडान राख्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्