जनता टाइम्स

६ फाल्गुन २०७८, शुक्रबार ०८:४१

काठमाडौंको ढुंगेअड्डामा भेटिएको कुकर बम निस्क्रिय, यातायात सञ्चालन


काठमाडौं, फागुन ६ । काठमाडौंको ढुंगेअड्डामा भेटिएको कुकर बम सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार दुईवटा कुकर बम देखिए पनि तीनवटा बम रहेको थियो । नेपाली सेनाको टोलीले डिस्पोज गरेपछि अहिले सडकमा यातायात सुचारु भएको छ ।

आज बिहानै स्थानीय बासिन्दाले शङ्कास्पद वस्तु देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनास्थल पुगेको सेनाको बम डिस्पोजल टोलीले निस्किय बनाएको हो । बम कस्ले राखेको भन्ने अझै खुल्न सकेको छैन ।