जनता टाइम्स

६ फाल्गुन २०७८, शुक्रबार १२:२०

एमसीसी टेबल गर्न सभामुखले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक एमालेद्वारा बहिष्कार


काठमाडौं, फागुन १६ । संघीय संसद, प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक जारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषयमा सभामुख सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको हो । एमसीसी टेबल गर्ने बैठकमा एमालेले बहिष्कार गरेको छ ।

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।