जनता टाइम्स

६ फाल्गुन २०७८, शुक्रबार २२:०४

रुपन्देहीबाट अपहरित बालबालिकाको सकुशल उद्धार


रूपन्देही , फागुन ६ ।रूपन्देहीको मुर्गियाबाट बिहीबार अपहरित दुई बालबालिकाको प्रहरीले सकुशल उद्धा’र गरेको छ । अपहरणकारीलाई पनि प्रहरीले प’क्राउ गरिसकेको जनाएको छ ।प्रहरी प्रवक्ता नवराज पौडेलका अनुसार सैनामैना–४, मुर्गियामा अवस्थि प्रभात आवसीय बोर्डिङ स्कूलमा अध्ययनमा अध्ययनरत वर्ष १२ का प्रसिद्ध दाहाल र उनका बहिनी ९ वर्षीया प्रशन्न दाहाललाई शुक्रबार बिहान झापाको काँकरभिट्टाबाट उद्धार गरिएको हो ।

बालबालिकालाई कांकरभिट्टाबाट उ’द्धार गरेपछि आफन्तहरूको सम्पर्कमा पुर्‍याइएको छ । उनीहरूलाई परिवारको जिम्मा लगाउन प्रयास भएको बताइएको छ । आरो’पितहरूले के प्रयोजनले अपह’रण गरेका थिए भन्नेबारे यकिन भइसकेको छैन ।यद्यपि घटनाबारे थप अनुसन्धान गरिने बताइएको छ ।

हिजो विहिबार विहिान करिब पौने ९ बजेको समयमा स्कूल हिँडेका उनीहरु विहिबार साँझसम्म पनि उनीहरु घर नफर्केपछि परिवारले तत्काल ईलाका प्रहरी कार्यालय रन्यौरामा खबर गरेका थिए ।रुपन्देहीको सैनामैना नगरपालिका–६ की पुष्पा दाहालका दुई छोराछोरी विहिबारदेखि अपहरणमा परेका थिए ।