जनता टाइम्स

८ फाल्गुन २०७८, आईतवार ०९:५८

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङमा शंकास्पद वस्तु फेला, सेनाको टोली घटनास्थलमा


दाङ, फागुन ८ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही सडक छेउ नजिकै प्रेसर कुकरमा तारले जेलिएको शंकास्पद वस्तु फेला परेको छ ।

लमही नगरपालिका वडा नम्बर–७ स्थित पदमिनी खोलाको २०० मिटरको दक्षिणतर्फ सडक छेउमा तार जोडेर राखिएको शंकास्पद प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ । ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु शनिबार राति ११ बजे सडक छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशकुमार काफ्लेले बताउनुभयो ।

शंकास्पद वस्तु बम हुनसक्ने भन्दै नेपाली सेना निष्क्रय पार्न घटनास्थल पुगेको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो । ‘नेपाली सेनाका बम डिस्पोजल टोली पुगि डिस्पोज गर्ने तयारी भइरहेको छ,’ उहाँले भन्नुभयो । अहिले सेनाले निष्क्रिय पार्ने काम गरिरहेको छ । पूर्वपश्चिम राजमार्ग एकतर्फी खुला गरेर सवारी सञ्चालनमा ल्याइएको छ ।