जनता टाइम्स

८ फाल्गुन २०७८, आईतवार १४:०५

संसदमा एमालेको नाराबाजी, भीम रावलको एमसीसीको विरोध


काठमाडौं, ८ फागुन । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । तर, एमाले सांसद भीम रावलले एमसीसी पेस गर्न लागिएकोमा विरोध जनाउनुभएको छ ।

यसअघि माओवादी प्रमुख सचेतक देव गुरुङले पनि सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय गर्नुपर्ने बताउनुभएको थियो । एमालेले माधवकुमार नेपालसहित १४ जना गरेको कारबाहीअनुसार सांंसदबाट पदमुक्त गर्न माग गर्दै २३ भदौबाट संसद अवरुद्ध गर्दै आएको छ ।