जनता टाइम्स

८ फाल्गुन २०७८, आईतवार १५:०६

एमसीसीकै कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन : रामकुमारी झाँक्री


काठमाडौं, फागुन ८ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमार झाँक्रीले सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी नफुट्ने दाबी गर्नुभएको छ ।

संसदमा एमसीसी पेस भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले विरोध जनाएसँगै नेकपा एस विभाजन हुन्छ भन्ने जिज्ञासामा सचिव झाँक्रीले पार्टी विभाजन नहुने दाबी गर्नुभएको हो । एमसीसी पेस गर्ने विषयमा अध्यक्ष माधवकुमार नेपालको पनि सहमति थियो ।

सहरी बिकाश मन्त्रीसमेत रहनुभएकी एमसीसीकी पक्षधर नेतृ झाँक्रीले एमसीसीकै कारण नेकपा एस विभाजन नहुने बताउनु भएको हो । उहाँले भन्नुभयो ‘ एमसीसीकै कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन ।’