जनता टाइम्स

९ फाल्गुन २०७८, सोमबार १५:०४

आफ्नै घरको पहिलो तलाबाट खसेर भक्तपुरमा एक जनाको मृत्यु


भक्तपुर, ९ फागुन । भक्तपुरको सल्लाघारी यातायात कार्यालय नजिक बस्ने ७८ वर्षीय दिपककुमार भुसालको आफ्नै घरको पहिलो तलाबाट खसेर मृत्यु भएको छ । आज बिहान अचानक खस्न गई गम्भीर घाइते भई उपचारका लागि डा. ईवामुरा अस्पताल सल्लाघारी लगिएकोमा उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।