काठमाडौं, १० फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ४७६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४२४ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ४७६ जनामा कोरोना पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ८३१ जनाले संक्रमण जितेका छन् ।
यससँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५३ हजार ४३० पुगेको छ । सोही अवधिमा नेपालमा थप तीन संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ९२८ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर १० हजार ७४७ जना सक्रिय संक्रमित रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्