जनता टाइम्स

११ फाल्गुन २०७८, बुधबार ०९:५५

आयोजक युवा टिम गोल्मढी र भक्तपुर फुटबल क्लब विजयी


भक्तपुर, ११ फागुन । भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा भक्तपुरमा भइरहेको भक्तपुर कप फुटबलको मंगलबारदेखि क्वाटरफाइनलका खेल सुरु भएका छन् । मंगलबारको दुईवटा खेलमा आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुर र भक्तपुर फुटबल क्वल (भक्तपुर एफसी) विजयी भएका छन् ।

योजक भक्तपुर युवा टिमले बनेपा व्वाइज क्लबलाई १–० ले हराएको थियो । विजेताकोतर्फबाट क्रिजल खडकाले गोल हानेका थिए । दोस्रो खेलमा भक्तपुर एफसीले छोर्गान फुटबल क्लबलाई १–० ले नै पराजित गरेको हो । भक्तपुर एफसीकोतर्फबाट खेल सुरु भएको ५८ औँ मिनेटमा अजय चौधरीले गोल गरेका थिए । खेल स्थानीय महेश्वरी खेल मैदानमा भइरहेको छ ।