काठमाडौं, फागुन ११ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ ।
कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ । एमसीसी प्रस्ताव संदमा टेबल गर्न अस्वीकार गर्दै संसद बैठकमै नजानुभएका अर्थमन्त्री जनार्दन शर्माले नै यो प्रस्ताव राख्ने गरी सभामुख अग्नि सापकोटाले सूची सार्वजनिक गर्न लगाउनु भएको हो ।














प्रतिक्रिया दिनुहोस्