जनता टाइम्स

१२ फाल्गुन २०७८, बिहीबार १६:१४

प्रधानमन्त्री देउवा र ओलीसहित कांग्रेस-एमालेको सामूहिक संवाद सकियो, यस्तो छ निष्कर्ष


काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा दुई शीर्ष नेताबीच एमसीसीसहित संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । ‘प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसीसीसहितको विषयमा छलफल भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्न परियारले भन्नुभयो ।

दुई शीर्ष नेताबीचको भेटवार्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री गगन थापा र एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ र वरिष्ठ सहभागी हुनुहुन्थ्यो ।

एमसीसीमाथि छलफल गर्नेगरी आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक भोली दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि कांग्रेस र एमालेका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।