काठमाडौं, १२ फागुन । सेयरबजारमा फेरि गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक ५८.९९ अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक १०.३६ अंकले घटेको हो । योसँगै नेप्से पुनः २६ सय विन्दुमा झरेको छ ।
२ सय २९ वटा सेयर आजको कारोबारमा सामेल भएकामा ८४ लाख कित्ता किनबेच भएको छ । यो भनेको ४ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । आज हिमालयन जनरल इन्स्योरेन्सका सेयरधनीले ९.९१ प्रतिशत कमाएका छन् ।
अन्य लगानीकर्ताले २ प्रतिशत पनि कमाउन सकेका छैनन् । सबैभन्दा गुमाउनेमा भने आज युनिभर्सल पावर कम्पनीका लगानीकर्ता छन् । उनीहरुले ५.७० प्रतिशत गुमाएका छन् । आज नेशनल हाइड्रोपावर कम्पनी लिमिटेको सर्वाधिक २६ करोडको, नेपाल टेलिकमको २५ करोडको कारोबार भएको छ ।













प्रतिक्रिया दिनुहोस्