जनता टाइम्स

१२ फाल्गुन २०७८, बिहीबार १९:०१

प्रधानमन्त्री भेट्न बालुवाटारमा बाबुराम


काठमाडौं, १२ फागुन । एमसीसीले सत्ता गठबन्धन संकटमा परेका बेला प्रधानमन्त्री शेरबहादुर वहादुर देउवालाई भेट्न जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई बालुवाटार पुग्नुभएको छ ।

सत्ता गठबन्धनको जसपाभित्र उपेन्द्र यादव अस्पष्ट भएपनि बाबुराम एमसीसी पारित गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।

नेकपा एमाले, कांग्रेस, लोसपा र जसपाको बाबुराम पक्षको समर्थनमा अर्को गठबन्धन बनाउनेतर्फ संवाद अघि बढेको भट्टराई निकट स्रोतले जनाएको छ । प्रधानमन्त्रीसँग्को वार्तामा कृषिमन्त्री महिन्द्र राय यादव र जसपा सांसद इस्तियाक राई पनि सहभागी छन् ।