मस्को, १३ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार देशका व्यापारी नेताहरूलाई रुसी प्रशासन केन्द्र क्रेमलिनमा आयोजित एउटा बैठकमा बोलाउनुभएको थियो । बैठकमा कम्तिमा १३ अर्बपतीको उपस्थिति थियो । ‘के भइरहेको छ भन्ने एउटा आवश्यक कदम हो,’ उहााले बैठकमा भन्नुभएको थियो, ‘हामीसँग अन्यथा गर्ने कुनै मौका छैन् ।’
वास्तवमा पुटिनले मस्कोले युक्रेनमा हमला गर्दा रुसी अर्बपतीले गुमाउनु पर्ने सम्भावित नोक्शानबारे अप्रत्यक्ष रुपमा संकेत गर्नुभएको थियो । पुटिनको हमलाले युक्रेनमा विनाश मात्रै गरेको छैन, यसले विश्वभरका बजारहरूलाई अस्थिर बनाएको छ । यसले उहाँका आफ्नै सहयोगीको भाग्यमा समेत असर गरेको छ ।
राष्ट्रपति पुटिनले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि देशको शेयर बजार र रुबलमा गिरावट आएपछि रुसका अर्बपतीहरुको अर्बौ डलर गुमेको छ । पछिल्लो ९ दिनमा रुसका ११६ अर्बपतीहरुले ९० अर्ब डलर गुमाएको फोब्सको अनुमान छ । त्यो मध्ये ३९ अर्ब डलर बिहीबार स्वाह भएको थियो ।
रुसको मोएक्स सूचाकांक ३३ प्रतिशत तल झरेपछि र रुबलको मूल्य डलरको तुलनामा निकै गिरावट आएपछि रुसी उद्योगपतिहरुले ठूलो मूल्य चुकाएका हुन् । प्रतिबन्धहरूको जोखिम अर्बपती कुलीन वर्गको सानो सर्कल भन्दा बाहिर फैलिएको छ । अमेरिका, बेलायत र युरोपेली युनियन लक्षित व्यवसायहरूले रूसी अर्बपतीलाई अझै नोक्शान पुग्ने अनुमान गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्