काठमाडौं, १३ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ । आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचन प्रयोजनका लागि शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
दल दर्ताका लागि एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल आयोग जाने भएको उपप्रमुख रिजालले जानकारी दिनुभयो ।सरकारले वैशाख ३० गतेका लागि स्थानीय निर्वाचनको घोषणा गरेको छ ।













प्रतिक्रिया दिनुहोस्