जनता टाइम्स

१३ फाल्गुन २०७८, शुक्रबार १८:५६

एमसीसी पास गर्ने यस्तो छ प्रचण्डको ग्य्राण्डडिजाइन, अर्थमन्त्री जनार्दनलाई लिएर लेनदेन मिलाउन पुगे बालुवाटार


काठमाडौं, फागुन १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ । आफैले सहमति दिएर एमसीसीको बिरोधमा सडकमा अरापकता मच्चाउन लगाउनु भएको प्रचण्ड सत्ता खुस्किने भयो भन्ने त्राससहित जसरी पनि गठबन्धन जोगाउने गरी एमसीसीमा मतदान गर्न तयार रहेको सन्देशसहित बालुवाटार पुग्नुभएको हो ।

बालुवाटारमा जानुअघि प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गर्नुभएको थियो भने आजकै पार्टी पदाधिकारी बैठकमा गठबन्धन जोगाउन जे पनि गर्ने भन्दै सरकारबाट बाहिर नआउने बताउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आन्तरिक छलफलमा रहेकै बेला प्रचण्ड बालुवाटार पुग्नुभएको हो ।

प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरूसँग गठबन्धन जोगिने गरी एमसीसीबारे मध्यमार्गी उपाय खोज्न प्रचण्ड बालुवाटार पुग्नुभएको हो । प्रचण्डसँगै अर्थमन्त्री शर्मा पनि बालुवाटार पुग्नुभएको हो ।