जनता टाइम्स

१३ फाल्गुन २०७८, शुक्रबार २१:५०

देश बँचाउनको निम्ति युक्रेनी राष्ट्रपती मैदानमा (तस्विर सहित)


युक्रेनले रूसी आक्रमणको सा’म’ना गरिरहेको छ। मिडिया रिपोर्ट अनुसार युक्रेनमा १३७ जना भन्दा बढीले ज्यान गुमाइ सकेका छन्। रूसी सेनाहरू पूर्वी, दक्षिणी र उत्तरी सीमानाका बिन्दुहरूमा युक्रेन छिरेका छन्।

रूस र युक्रेनबीच विगत आठ वर्षदेखि तिक्तता देखिँदै आएको छ। सन् २०१४ मा रूसले छिमेकी देशमा राजनीतिक उथलपुथलको फाइ’दा उठाउँदै युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वी’पमा सैन्य नियन्त्रण कायम गर्न थालेको थियो।

युक्रेनको सेना र रूसी समर्थित विद्रोहीबीच पूर्वी युक्रेन दोनबासमा भने कहिल्यै युद्ध समाप्त भएन। युद्धमा अहिलेसम्म करिव १४ हजार मानिसहरूको मृत्यु भएको छ ।

को हुन् भोलोदिमिर जेलेन्स्की ?

भोलोदिमिर जेलेन्स्कीले युक्रेनको राष्ट्रपतिमा निर्वाचित हुनु अघि टिभीमा राष्ट्रपतिको भूमिका निभाएका थिए। सायद त्यतिबेला उनलाई थाहा थिएन कि एक दिन उनी वास्तवमै युक्रेनको राष्ट्रपति बन्नेछन्।

जेलेन्स्की त्यो समयमा अभिनेता र स्ट्यान्ड अप कमेडियन थिए। उनी युक्रेनको सबैभन्दा लोकप्रिय कलाकारमध्ये एक हुन्। उनले अन्य कलाकारसँग मिलेर सन् १९९७ मा कमेडी ग्रुप ‘क्वार्टल ९५’ बनाएका थिए।यो समूहले टेलिभिजन कार्यक्रमहरू उत्पादन गरेको थियो। उनले आफ्नो एउटा कार्यक्रममा विद्यालय शिक्षकको भूमिका निभाएका थिए। सो कार्यक्रममा शिक्षक एक दिन युक्रेनको राष्ट्रपति बन्नुपर्ने देखाइएको थियो।

सन् २०१९ को चुनावमा आश्चर्यजनक जित निकाल्दै जेलेन्स्की युक्रेनको राष्ट्रपतिमा निर्वाचित भएका थिए। जेलेन्स्कीको जीवन र करियर अन्य अन्तर्राष्ट्रिय नेताहरूको तुलनामा सामान्य छ।

उनले पदभार ग्रहण गरेपछि धेरै संकटको सामना गर्नुपरेको छ। तर, उनले साहसका साथ यी संकटहरूको सामना गरिरहेका छन्। जेलेन्स्की विवाहित हुन् र उनकी पत्नीको नाम ओलेना जेलेन्स्की हो। दुबैका सन्तान पनि छन्। उनले २००० मा किभ राष्ट्रिय आर्थिक विश्वविद्यालयबाट कानुनमा डिग्री गरेका छन् । सन् २०१८ मा अचानक राजनीतिमा प्रवेश गरेका उनी ‘जनताको सेवक’ पार्टीबाट राष्ट्रपतिको लागि उम्मेदवारी घोषणा गरे। राष्ट्रपति बनेदेखि जेलेन्स्कीको अमेरिकासँगको सम्बन्ध निकै राम्रो रहेको छ। यद्यपि जेलेन्स्कीले राष्ट्रपति बनेपछि रूसी राष्ट्रपतिसँग सुरुमा कूटनीतिक सम्बन्ध राख्ने प्रयास गरे पनि सफल भएनन्। उनले युक्रेनमा भिक्टर मेदवेदचुकलगायत रूस समर्थक राजनीतिक समूहहरू विरुद्ध कडा कदम चालेका थिए।

Ukraine’s President Volodymyr Zelenskiy visits positions of armed forces near the frontline with Russian-backed separatists in Donbass region, Ukraine April 9, 2021. Ukrainian Presidential Press Service/Handout via REUTERS ATTENTION EDITORS – THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY.