जनता टाइम्स

१४ फाल्गुन २०७८, शनिबार ११:३८

हुम्ला एमाले अधिवेशनबाट अध्यक्षमा हमाल निर्वाचित


सुर्खेत, १४ फागुन । एमाले हुम्लाको अधिवेशनबाट अध्यक्षमा कलबहादुर हमाल निर्वाचित हुनुभएको छ । हमाल एमाले प्रदेश कमिटिका सदस्य समेत हुनुहुन्छ ।

फागनु ९ गते उद्घाटन गरी सुरु भएको अधिवेशनमा उपाध्यक्षमा डबल रावत, सचिवमा ज्ञामी बुमी, उपसचिवमा तीर्थराज बोहोरा र विमला शाही निर्वाचित हुनुभएको छ ।

विधानतः ९० सदस्यीय जिल्ला कमिटि घोषणा गर्नुपर्नेृमा समायोजन भन्दै १२१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको एमाले हुम्लाले जनाएको छ ।