जनता टाइम्स

१४ फाल्गुन २०७८, शनिबार १४:०४

संग्राम बल लामा एमालेमा प्रवेश


काठमाडौं, १४ फागुन । नेकपा माओवादी केन्द्र,हेटौंडा एकका वडा सचिव एवं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरका नेता संग्राम बल लामा एमालेमा प्रवेश गर्नुभएको छ ।

आज हेटौंडामा भएको एमाले निकट नेपाल खेलकुद महासंघ,बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा लामा एमालेमा प्रवेश गर्नुभएको हो । यसैगरि,कार्यक्रममा माओवादी हेटौंडा नगर कमिटी सदस्य पराक्रमी रञ्जित,समादी बल लामा र एकीकृत समाजवादीका प्रशु खड्का पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

उहाँहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले टिका र खादा लगाएर एमालेमा स्वागत गर्नुभएको छ ।